पानी पर्न रोकिएको मात्र थियो । उत्तर तिर आकाशमा ईन्द्रेणी देखियो । हतार हतार भक्तपुरको दरवार क्षेत्रमा पुग्दा ईन्द्रेणी हराइ सकेको थियो । जुन सोचले त्यहाँ पुगेको त्यो सोच पूरा नहुने भएपछि जसको मन पनि खिन्न हुनु स्वभाविक हो तर केही समय पछि केही भाग मात्र ईन्द्रेणी देखियो । प्रकृतिको अनुपम उपहार, बल्ल मन शान्त भयो । साथमा साँझ भक्तपुरमा लिएका केही तस्विरहरु
Shree's Photography
Tuesday, July 18, 2017
अझै रोपाई सकिएन...
यस वर्षको रोपाई अझै सकिएको छैन । देशको विभिन्न भागमा रोपाई नसकिएको जानकारी आउदै गरेको छ । गएको वर्षमा असारमा नै धान रोपाई गरिने ठाउँमा पनि यस वर्ष श्रावणको १ गते पनि रोपाईको चटारो देख्न सकिन्छ । मौसम महाशाखाले अौसद वर्षा हुन्छ भनेर भविष्यवाणी गरेको छ । असार ३१ गते बेलुका केही ठूलो पानी परेकोले सिपाडोल लगायत भक्तपुरका अन्य भागहरुमा श्रावणको संकान्तिको मतलब नगरी किसान खेतमा देख्न सकिथ्यो । भक्तपुरको सिपाडोलमा रोपाई गर्दै गरेका केही तस्विरहरु...
Wednesday, December 23, 2015
Tuesday, December 22, 2015
Subscribe to:
Comments (Atom)
















